राखेपका पूर्व सदस्यसचिवको निधन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २६ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई दुई पटक नेतृत्व गरेका पूर्व सदस्य सचिवन रुक्मशमशेर राणाको निधन भएको छ ।

राणाको गए राति निधन भएको उनको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगले ग्रसित थिए ।

राणा पहिलो पटक २०५० सालदेखि २०५१ सालसम्म र दोस्रो पटक २०५४ सालदेखि २०५५ सालसम्म राखेपको सदस्य सचिव बनेका थिए । राजनीतिक पृष्ठभुमी भए पनि राणाले जिवनको अधिकांश समय खेलकुदमै बिताए ।

पछिल्लो समय ओलम्पिक अभियानलाई विवाद रहित बनाउने भन्दै उनले नेपाल ओलम्पिक कमिटीलाई एक बनाउन सहयोगी भुमिका खेलेका थिए । सोही अनुसार राणालाई सम्मान स्वरुप नेपाल ओलम्पिक कमिटिले आफ्नो मानार्थ अध्यक्ष समेत बनाएको थियो ।

राणाले अलिख नेपला फुटबल संघ (एन्फा)को कार्यवहाक अध्यक्षको रुपमा समेत नेतृत्व गरेका थिए । उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।