
एजेन्सी । नोभाक जोकोभिचलाई पराजित गर्दै रसियन खेलाडी डानिल मेदभेदेवले यूएस ओपन टेनिसको उपाधि उचालेका छन् ।

करियरको पहिलो उपाधि उचाल्ने क्रममा मेदभेदेवले पहिलो ग्रान्डस्लाम उपाधि उचालेका हुन । विश्व वरियताको दोस्रो नम्बरमा रहेका मेदभेदेव पछिल्ला दुई खेलको उपाधि नजिक पुगे पनि स्तब्ध भएका थिए ।

मेदभेदेवले जोकोभिचलाई ६–४, ६–४ र ६–४ को सेटमा पराजित गरेका हुन । विश्व नम्बर एक जोकोभिचले यस वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका थिए ।

३४ वर्षिय सर्वियन खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लामको नजिक थिए । तर स्तब्ध हुन पुगे । उपाधि जितेको भए जोकोभिचले रोजर फेडेरर र राफेल नाडाललाई मुख्य उपाधिमा पछि पार्ने थिए ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…