क्रिकेट टोलीले मनायो संविधान दिवस, पदकधारी खेलाडी पदकबाट विभूषित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३ गते २०७८ मा प्रकाशित


काठमाडौं-सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभिन्न पदकबाट विभुषित गरेको छ । नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरेका खेलाडीहरुलाई समेत पदकबाट विभुषित गरिएको छ ।

संविधान जारी भएको सातौं वर्षका अवसरमा नेपाल सरकारले आइतबार विभिन्न क्षेत्रका ९ सय ३ जना व्यक्ति र संस्थालाई सम्मान गर्दा नेपाली खेलकर्मी पनि विभिन्न पदकबाट विभुषित भएका हुन् । संविधान दिवसका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल सहित १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्य पनि पदकबाट विभूषित भएका छन् ।

संविधान दिवसको अवसरमा नेपाली खेलाडी, प्रशिक्षक, खेल प्रायोजक र आयोजक विभिन्न पदकबाट विभुषित भएका हुन् । राष्ट्रपतिको कार्यालयले सोमबार सार्वजनिक गरेको सूचीमा नेपाली तेक्वान्दोका मात्र पाँच जना खेलाडी तथा प्रशिक्षक सम्मानित हुने भएका छन् । १३औं सागका दोहोरो स्वर्ण विजेता आयशासहित स्वर्ण विजेता संगीता बंस्याल, राष्ट्रिय टोलीकै प्रशिक्षक नोर्बु लामा, कोरियन प्रशिक्षक क्वान योङ दल पनि पदकबाट सम्मानित भएका छन् । नेपाल पुलिस क्लबकै तेक्वान्दो प्रशिक्षक लक्ष्मणबहादुर ऐर पनि सम्मानित हुनेको सूचीमा छन ।

सरकारले आयशालाई जनसेवा श्री, संगीतालाई सुकीर्ति पदक, प्रशिक्षकत्रय लामालाई सुकीर्ति पदक, क्वानलाई जनसेवा श्री र ऐरलाई नेपाल प्रताप आभूषण प्रदान गर्ने निर्णय गरेको हो । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई भने प्रवल जनसेवाश्रीबाट विभुषित गरेको हो । गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले सम्मानित गर्नेको सूची राष्ट्रपति कार्यालयमा पठाएपछि संविधान दिवसको अवसरमा सोमबार विभिन्न पदकबाट विभुषित हुनेको सूची सार्वजनिक गरिएको हो । आगामी वैशाख १ गते विशेष समारोहबीच उनीहरू सम्मानित हुनेछन् ।

त्यस्तै नेपाल क्रिकेट संघ का अध्यक्ष चतुरबहादुर चन्द, पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि जनसेवाश्रीबाट विभुषित हुने भएका छन् । १३औं सागकै स्वर्ण विजेतात्रय करातेका अनु अधिकारी र लक्ष्मण तामाङ, उसुकी जुनी राईले सुकीर्ति पदक पाउने भएका छन् । १३औं सागकी स्वर्ण विजेता ट्रायथोलनकी सोनी गुरुङ र फुटबलकी विमल तामाङलाई पनि सुकीर्ति पदक प्रदान गरिएको छ ।

त्यसैगरी ब्याडमिन्टनका अम्पायर दीपक थापालाई सुकीर्ति पदकबाट सम्मानित गरिने भएको छ । खेल प्रायोजकको तर्पmबाट खेल सामग्री कम्पनी केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपानेलाई भने सुकीर्ति पदक दिने भएको छ । महिला भलिबलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान पनि जनसेवाश्री पदकबाट विभूषित भएको छ । यसैबीच नेपाली क्रिकेट टोलीले ओमानमा संविधान दिवसको अवसरमा केक काटेर मनाएको छ ।