
उपाधिसहित बस्नेत र ठकुरीको जोडी
पोखरा-मनकामना स्पोर्टस पोखराका बिशाल बस्नेत र प्रनिससिंह ठकुरी प्रथम रिभाईभ लिजर पार्क ओपन खुल्ला व्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स तर्फ च्याम्पियन बनेका छन् । उनीहरुको जोडीले राम बानियाँ र सुजन थापाको जोडीलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गदैै उपाधि जितेका हुन् ।
पहिलो सेट बस्नेत र ठकुरीको जोडीले २१–१८ ले लिदैं बानियाँ र थापाको जोडीलाई दबावमा राख्यो । तर देस्रो सेट भने बनियाँ र थापाको जोडीले आफनो पक्षमा पार्दै उपाधि प्रतिस्पर्धा निर्णायक सेटमा पुग्यो ।
कडा प्रतिस्पर्धा र रोमाञ्चक अन्तिम सेटमा पनि बस्नेत र ठकुरीको जोडीले २१–१८ मै सेट लिएपछि उपाधि पक्का बनाएका हुन् । उनीहरुले जितसँगै नगद ५० हजार राशी पुरस्कार थापे । उनीहरुलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…