
कराँते च्याम्पियनसिपको लागि सुष्मी श्रेष्ठको बिदाई ।
पोखरा-नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा हुने कराँते च्याम्पियनसिपको लागि नेपाल क्योकुशिनकान कराँतेकी सुष्मी श्रेष्ठले सहभागिता जनाउने छिन् । उनी महिला तर्फ खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
उनलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवर तथा संघका सचिव निर्मल केसी लगायत विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । सुष्मी कराँतेकी खुल्ला तर्फ राष्ट्रिय च्याम्पियन भईसकेकी छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…