
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ ।
ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा काठमाडौं किङ्स–११, विराटनगर वारियर्स, ललितपुर प्याट्रिओट्स, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ टिम सहभागी हुने छन् ।

यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटर सहभागि हुँदैछन् । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल खेल्नेछन् । उनले १० नम्बरको जर्सी लगाएर ईपीएल टी–ट्वान्टी क्रिकेट खेल्ने जनाइएको छ । काठमाडौंको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् ।
यसैबीच ईपीएलका लागि बंगलादेशी ब्याट्सम्यान तमिम इकबाल नेपाल आएका छन् । भैरहवा ग्ल्याडियटर्समा आबद्ध ३२ वर्षीय इकबाल हिजो नेपाल आइपुगेका हुन् । तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…