
काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा आज पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।
समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको खेल मंगलबार सुरु हुनेछ । महिलाको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वर स्थित राष्टिय खेलकुद परिषदको कर्भड हलमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ १४ टिम र महिलातर्फ ६ टिम गरी कुल २० टिमको सहभागीता हुने पक्का भएको छ । १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।
प्रतियोगितामामा पुरुष तर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपिएफ सहित टिपटप हेल्प नेपाल, नेपाल स्पोट्र्स क्लब, ढोरपाटन स्पोट्र्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोट्र्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बाग्मती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब, कर्णाली प्रदेश र बुढानिललकण्ठ भलिबल क्लब रहेका छन् । यस्तै महिला तर्फ होङवान्जी न्यु डाइमन्ड क्लब, नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी, एपिएफ, ढोरपाटन स्पोट्र्स र एभरेस्ट भलिबल क्लबले सहभागिता जनाउँदै छन् ।
छैठौं संस्करणको प्रतियोगितामा संघले पुरस्कार राशीमा वृद्धि पनि गरेको छ । विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले २ लाख रुपैयाँ पाउने छन । तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्दा विधागततर्फका उत्कृष्ट हुनेले १० हजार रुपैयाँ पाउने छन ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…