
पोखरा-पोखराकी सुष्मी श्रेष्ठ काठमाडौंमा आयोजित कराँते च्याम्पियनसिपमा महिला तर्फको खुला तौल समूहमा स्वर्ण पदक जितेकी छन् । नेपाल क्योकुशिन कानकी खेलाडी सुष्मीले फाईनलमा चन्दा भुजेललाई पराजित गर्दै स्वर्णं पदक जितेकी हुन् ।
नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा भएको च्याम्पियनसिपमा सुष्मीले पाँच फाईटमा आफना प्रतिस्पर्धीलाई नकाउट गर्दै स्वर्ण पदक जितेकी हुन् । सुष्मी कराँतेकी राष्ट्रिय च्याम्पियन समेत भईसकेकी छन् ।
अन्तराष्ट्रिय एरिनामा समेत उनले पदक जितिसकेकी छन् । उनी खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको वर्ष महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…