
काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।
च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी डिफेन्डर विराजले यस अघि न्युरोड टिम ९एनआरटी०, थ्री स्टार, संकटा र मनाङ मस्र्याङ्दीबाट खेलिसकेका छन् ।
यस्तै च्यासलले स्कटल्याण्डका ली मान्सनलाई आजैको पत्रकार सम्मेलनबाट प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रुपमा काम लीलाई क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि नियुक्त गरेको हो ।
मंगलबारै च्यासल युथ क्लबलाई खेलकुद सामाग्री उत्पादक कम्पनी युक्यानले प्रायोजन गर्न क्लबसँग सम्झौता गरेको छ । चिनियाँ ब्राण्ड युक्यानले मंगलबार च्यासललाई एक वर्षको लागि प्रायोजन गर्ने सम्झोता गरेको हो । च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र युक्यानका निर्देशक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै युक्यानले च्यासललाई सहिद स्मारक ए डिभिजन लिगमा किट्स उपलब्ध गराउनु पर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…