
काठमाडौं-नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गते सम्म आयोजना गर्ने भएको छ ।
वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्ता सम्म पु¥याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने उद्धेश्य अनुरुप टेनिस पनि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस अघि एथलेटिक्स र बक्सिङ्ग आयोजना गर्दै आईरहेकोमा यस पटक टेनिसलाई पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ बर्ष माथि, ४५ बर्ष माथि र ५५ बर्ष माथिको एकल र युगल तथा ६५ बर्ष माथिको एकल र जुनियर तर्फ यु – ८, ९, १०, १२, १४ र खुला छात्र तथा छात्राको विधामा करिव ४ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जनाएका छन् ।
सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ बर्ष माथि एकल तर्फका शिर्ष तीनले ३०, १५ र ५, युगल तर्फ २०, १०, १० हजार, ५५ बर्ष माथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् । यस्तै जुनियर विधामा विजयी खेलाडीहरुलाई गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…