अक्स स्ट्रेन्थकी वानु महिला पावरलिफ्टिङ च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ६ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ स्क्वाड गरेर प्रतियोगिताको उदघाटन गर्दै ।

पोखरा-अक्स स्ट्रेन्थ जिम काठमाडौंकी नेहा बानु महिला पावरलिफ्टिङ च्याम्पियन बनेकी छन् । शनिबार पोखरामा आयोजित प्रतियोगितामा ६० केजी तौल समूहको प्रतिस्पर्धामा ३४१ केजी उठाँएदै वानु च्याम्पियन बनिन् ।

गोर्खा क्लासिकको आयोजनामा पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा वानुले आफनो तौलको ५.७ गुण तौल उठाँउदै च्याम्पियन बनेकी हुन् । च्याम्पियन बनेकी वानुले १ लाख ५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले स्क्वाड तर्फ १२८ केजी, बेन्च प्रेसमा ७० केजी र डेडलिफ्टमा १४३ केजी भार उठाईन् । आफनो तौल समूहमा प्रथम हुदैं नगद २५ हजार पाउँदा उनले आफनो तौलको ५.७ गुणा बढी तौल उठाउँदा च्याम्पियन बन्न सफल भईन् । च्याम्पियन स्वरुप उनले ८० हजार नगदसहित बेल्ट प्राप्त गरिन् ।

६० केजी तौल समूहमै पुनम तामाङ दोस्रो स्थानमा रहिन् । उनले ओभरअलमा ३२३ केजी भार उठाउन सफल भईन् । बेन्च प्रेसमा ६० केजी, स्क्वाड तर्फ १२३ केजी र डेडलिफ्टमा १४० केजी भार उठाएकी हुन् । उनले नगद १५ हजार प्राप्त गरिन् । पोखरा बब्स जिमकी ज्योति थापा तेस्रो स्थानमा आईन् । उनले ३१८ केजी भार उठाउने क्रममा बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा ११५ र डेडलिफ्टमा १३८ केजीको तौल उठाउँदै तेस्रो बनिन् । उनले नगद १० हजार प्राप्त गरिन् ।

६० केजी तौल समूहको प्रतिस्पर्धामा रत्नश्री जीम पोखराकी सर्मिला शाह ३६५ केजी तौल उठाएपनि ओभरअलमा दोस्रो स्थानमा रहिन् । यद्यपी उनले आफनो तौल समूहमा स्वर्ण पदक जित्दै २५ हजार प्राप्त गरिन् । शाहले बेन्च प्रेसमा ७० केजी, स्क्वाडमा १४७ केजी र डेडलिफ्डमा १४८ केजीको भार उठाएकी थिईन् । शाह र वानुबीच प्रतिस्पर्धा देखिएपनि निर्णायक दिनेश राजभण्डारीका अनुसार शाहले आफनो तौलको ४.५ गुणा भार उठाएको भएपनि वानुले आफनो तौलको ५.७ गुण तौल उठाएर च्याम्पियन भएको बताए ।

अक्स स्टे«न्थ जिम काठमाडौंकी सीमा गुरुङ ६० केजी तौल समूहको प्रतिस्पर्धामा दोस्रो स्थानमा रहिन् । उनले बेन्चप्रेसमा ६५ केजी, स्क्वाडमा १४३ केजी र डेड लिफ्टमा १५३ केजी( ३६१ केजी) उठाउन सफल भईन् । उनले नगद १५ हजार प्राप्त गरिन् । त्यसैगरी निवोध एरोविक्स बुटवलकी कोमल थापा तेस्रो स्थान आउने क्रममा बेन्च प्रेसमा ५०, स्क्वाडमा १२० र डेडलिफ्टमा १३८ केजी भार उठाउन सफल भएकी थिईन् । उनले नगद १० हजार प्राप्त गरिन् ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगदसहित ट्रफी प्रदान गरेका थिए । मन्त्री गुरुङले स्क्वाड गर्दै प्रतियोगिता उदघाटन गरेका थिए । प्रतियोगितालाई मन्त्री गुरुङले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग समेत उदघाटन समारोहमा प्रदान गरेका थिए । प्रतियोगिताको लागि निर्णायक भने काठमाडौंबाट आइपुगेका थिए । मुख्य निर्णायकमा ज्ञानेन्द्र नकर्मी थिए ।