मनीष र रोनिशा पहिलो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ७ गते २०७८ मा प्रकाशित


काठमाडौं- मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए ।

गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम महर्जन प्रथम, उमेश मानन्धर द्वितीय तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तृतीय बने । ५० वर्षमाथि किरण व्यञ्जन्कार, नदिम शाक्य तथा प्रकाश धाख्वा र किरणमुनि वज्राचार्य क्रमशः शीर्ष तीन स्थानमा रहे ।

महिला एकल भेट्रानमा इन्दिरा पराजुली पहिलो, सविता बस्नेत केसी दोश्रो तथा मन्दिरा शाक्य र सम्झना पोखरेल शाह तेश्रो भए । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेमा सुभन शाह र समिर श्रेष्ठ, मनीष खरेल र प्रवीण श्रेष्ठ तथा सुमन शाक्य र आरिस महर्जन÷जयराम महर्जन र निकेश जोशीको जोडी रहे । विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।