
काठमाडौं- मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए ।
गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम महर्जन प्रथम, उमेश मानन्धर द्वितीय तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तृतीय बने । ५० वर्षमाथि किरण व्यञ्जन्कार, नदिम शाक्य तथा प्रकाश धाख्वा र किरणमुनि वज्राचार्य क्रमशः शीर्ष तीन स्थानमा रहे ।
महिला एकल भेट्रानमा इन्दिरा पराजुली पहिलो, सविता बस्नेत केसी दोश्रो तथा मन्दिरा शाक्य र सम्झना पोखरेल शाह तेश्रो भए । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेमा सुभन शाह र समिर श्रेष्ठ, मनीष खरेल र प्रवीण श्रेष्ठ तथा सुमन शाक्य र आरिस महर्जन÷जयराम महर्जन र निकेश जोशीको जोडी रहे । विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…