
काठमाडौं- मेयर कप भेट्रान फुटलब प्रतियोगिता अन्तर्गत आएको भएको खेलमा एफई खुमलटार भेट्रान र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नं १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो । खुमलटारले ललितपुरलाई ४–१ हराउँदा अर्को खेलमा हेटौंडाले काभ्रेमाथि ३–० को सहज जित निकालेका हो ।
मलटारलाई स्पष्ट तीन अंक दिलाउन दुई गोल गरेको खुमलटारका जुमानु राई म्यान अफ दि म्याच घोषित भए । जुमानुले खुमलटारका लागि सुरुआती दुई गोल टोली टोलीलाई जित तर्फ डो¥याएका थिए । यस्तै राजकुमार घिसिङ र रितेश खड्काले एक/एक गोल गर्दा एक गोल उपहार दिँदा खेल ४–१ को अवस्थामा टुङग्एिको थियो ।
प्रतियोगिता अन्तर्गत दिनको दोस्रो खेलमा विजयी युथ हेटौंडालाई जित दिलाउने क्रममा कृष्ण शाक्यले दुई गोल गर्दा उत्तर कुमार दुलालले एक गोल आफ्नो नाममा लेखाए । यस खेलमा विजय युथका कृष्ण शाक्य म्यान अफ दी म्याच घोषित भए । भेट्रान फुटबल अन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान क्लबले चितवन भेट्रान पश्चिम क्लबमाथि ९–० को रावाफिलो जित निकाल्यो । चितवनको जितमा रमेश थापाले ह्याट्रिक गर्दा कप्तान रविन्द्र श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले समान दुई/दुई गोल गरे । यस्तै कमल गुरुङ र धरेन्द्र राज शाहीले एक÷एक गोल आफ्नो नाममा लेखाए ।
प्रतियोगितामा भोली तीन खेल हुनेछन् । पहिलो खेल समूह ए को फुटबल फेलोसिप क्लब र फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल भनिमण्डल भेट्रान क्लब र वि वेयर ब्रदर्श तथा तेस्रो खेल एसएनकेसी र बौद्ध भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…