
पोखरा-पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा महानगरपालिका¬–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबका आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ ।
वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संयोजक तथा माईन्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले बताए । ‘पोखरा पहिलोपटक ¥यापिट रेटिङ गेम गर्न लागेका हौँ, यो भन्दा अगाडि यस्तो गेम भएको थिएन, प्रतियोगितााको लागि इन्टरनेशनल आर्विटरहरु पोखरा आउनेछन्’ भण्डारीको भनाई थियो ।
प्रतियोगितालाई अन्तराष्ट्रिय बुद्धिचाल(चेस) महासंघले प्रतियोगितालाई मान्यता दिएको छ । प्रतियोगितामा विभिन्न वडाका ६० भन्दा बढीको सहभागिता हुने आयोजको अपेक्षा रहेको छ । प्रतियोगितामा भाग लिनको लागि नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् । दर्ता शुल्क स्थानीय को लागि ५ सय रुपैया र अन्यको लागि १ हजार रुपैयाँ तय गरिएको छ । प्रतियोगीता पोखरा १७ मा रहेको छोरेपाटन माविको प्राङ्गणमा आयोजना गरिने छ ।
प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाईडिङ र नौका विहार(डुङ्गासयर) गर्ने अवसर पाउनेछ । यस्तै द्धितिय पुरस्कार १० हजार रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतिय पुरस्कार ५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर चौथो पुरस्कार ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर , पाँचौ पुरस्कार २ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ गर्ने अवसर रहेको छ । छैटौ देखि दशौं स्थानसम्मको लागि नगद १ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा डुङ्गासयर गर्ने अवसर प्रदान गरिने आयोजकले जनाए ।
यसका साथै उत्कृष्ट महिला, उत्कृष्ट अनरेटेड, उत्कृष्ट भ्रेन्टान्सलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पोखरा महानगरपालिका वडा नम्बर १७ को विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगीतामा बुद्धिचाल संघ कास्की सहयोगी संस्थाको रुपमा रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…