मट्टिखानलाई चौथो अभियानकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित


पोखरा- चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ को सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

अभियान युथ क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधी चुमेको हो । फाइनल अघि शनिबार नै भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही मा.वि. तथा पोखरा टप्सले शान्ता बलिबल टे«निङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भए । विधागत उत्कृष्ट सबैले ट्रफि हात पारे । प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो । विजेता बन्न सफल टिमले पाँचौ संस्करणको प्रतियोगितामा स्वत ः राखिने र सहभागिताका लागि कुनै शुल्नक नलाग्ने प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।