
file pic
काठमाडौं- नेपालका आयुष्मान् हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेको छ ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुष्मान् र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित ग¥यो । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा प्रशंसाको भेट सुनीरा थापासँग हुनेछ । सुनीराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।
ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे । सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुष्मान् हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए । ब्वाइज र गल्र्स सिंगल्सका फाइनल शुक्रबार हुनेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…