
पोखरा-पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको गण्डकी प्रदेशले वाई वाई यु- १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो खेल पनि बाग्मती प्रदेशसँग सहजै पराजित भएको छ । अघिल्लो खेल भन्दा बाग्मती प्रदेशसँग सुधारिएको प्रदर्शन गरेपनि अधिकांश व्याटरको प्रदर्शन भने कमजोर देखियो ।
बाग्मती प्रदेशले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेश केवल १३८ रनमै समेटिएको थियो । बाग्मतीका मध्यक्रमका व्याटर विवेक रानामगरको अर्धशतकीय पारीको योगदानमा गण्डकीलाई २१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । पाँचौं नम्बरमा आएका मगरले १११ बल खेल्दै ११ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय सुधांशु कोइराला र उत्तम थापा मगरलाई सुदिप अर्याल र विष्णु पाण्डेले ६ र ९ रनमा पभेलियन फर्काएपछि बाग्मती केही दबावमा परेको थियो । कमल परियारले बाग्मतीका विपिन शाहीलाई पनि १३ रनमा आउट गरे । फरिद खान ६ रनमा आउट भएपछि इनिंगलाई विवेकले सम्हाल्दै अर्धशतकीय पारी खेले ।
प्रतिश जिसीले २२ रनको योगदान गरे । गण्डकीका लागि सुदिप अर्यालले ७ ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिए । कमल परियारले पनि ३ विकेट लिने क्रममा ८ ओभरमा ३० रन खर्चिए । कप्तान सुवास भण्डारीले १० ओभरमा ५ मेडन राखे पनि विकेट लिनबाट बन्चित रहे ।
गण्डकीका सिनियरको अनुभव सँगालिसकेका अर्जुन कुमालले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट शुरुवात दिने लक्षण देखाएपनि अन्य व्याट्रको साथ नहुदाँ गण्डकी सस्तैमा समेटिन पुग्यो । कुमालले ५५ रनको योगदान दिने क्रममा ९४ बल खेले । उनले ६ चौका र १ छक्का हिर्काए । कप्तान सुवास भण्डारीले १३ र सुजन गौतमले १३ रन बाहेक अन्य व्याटरबाट दोहोरो अंकको रन निस्किएन् । तिलकबहादुर भण्डारीले १० ओभरमा २ मेडन राख्दै १६ रन खर्चिएर ३ विकेट लिए । प्रतिश जिसीले पनि ३ विकेट लिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…