
पोखरा-पोखरा–२२ पुम्दीभुम्दीको उल्लेरीमा पहिलो पटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुदैं छ । गाम्रीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित उल्लेरी युवा क्लबले गाउँमै पहिलो पटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।
१६ सय मिटरको उचाईमा रहेको उल्लेरीस्थित खेल मैदानमा यही मंसिर २२ गतेदेखि २५ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए । क्लबका अध्यक्ष जीवन गुरुङका अनुसार चारदिने फुटबल प्रतियोगिताले कोरोनाले थलिएको ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ । गाँउमा ५ घर होम स्टे छन् ।
राष्ट्रिय खेलकुद परिषद तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा सेभेन ए साईड फुटबल मैदान निर्माण गरेपछि क्लबले सेभेन ए साईड फुटबलको जमर्को गरेको हो । प्रतियोगिताका कास्की र छिमेकी जिल्लाका गरी २२ टोलीको सहभागिता रहने अनुमान गरिएको छ । उल्लेरी गाँउ स्याङजासँग जोडिएको छ ।
प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले २५ हजार र तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले ट्रफी पाउने छ । प्रतियोगिताको लागि विदेशमा रहेको आफन्त र साथीभाइको सहयोग रहने विश्वास गर्दै संयोजक गुरुङले बचत रकम खेलकुद मैदान निर्माणमै खर्च गरिने बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…