पोखरामा शनिबार दोस्रो फिस्टेल ट्रेल रेस

- ४२, २१ र ५ किलोमिटरको तीन इभेण्टमा प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १७ गते २०७८ मा प्रकाशित


पोखरा-शनिबार पोखरामा फिस्टेल ट्रेल रेस(म्याराथन) शुरु हुदैै छ । कोरोनाले थलिएको खेलकुद पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यसहित फिस्टेल ट्रेल रेस आयोजना गरिएको हिमालयन ट्रेल रनिङ प्रालिले जनाएको छ ।

हिमालयन ट्रेल रनिङ प्रालिले यो वर्ष तीन इभेण्टमा प्रतिस्पर्धा गराउने प्रालिका व्यवस्थापक दिपक भट्टले जानकारी दिए । उनका अनुसार रेसले पोखराको स्पोर्टस टुरिज्मलाई प्रवद्र्धन गर्ने विश्वास छ । ४२ किलोमिटरको मुख्य रेस हुने छ । त्यसपछि २१ किलोमिटर र ५ किलोमिटरको रेस गरी तीन इभेण्टमा प्रतिस्पर्धा हुने उनको भनाई थियो ।

हिमालयन ट्रेल रनिङ अन्तर्राष्ट्रिय फिस्टेल रेसको दोस्रो संस्करणमा १८ देशका २ भन्दा बढी स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रालिले सन २०१९ मा पहिलो पटक ३० किलोमिटरको टे«ल रेस आयोजना गरेको थियो । शनिबार हुने प्रतिस्पर्धामा पोल्याण्ड, कोरिया, फ्रान्स,डेनमार्क ,स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, अमेरिका, जापान, बेलयात लगायतका देशका धावकहरु सहभागित हुने उनको बताए । गोरेटो दौडमा ७० महिला १२० पुरुष धावकले प्रतिस्पर्धा गर्ने छन् । तीन इभेण्टको दोडको गोरेटो पनि फरक फरक रहेको छ ।

दौडमा नेपालबाट १४८ जना सहभागित हुने प्रालिको वेभसाईटमा उल्लेख छ । बेलयातबाट २१, अमेरिकाबाट १०, फ्रान्सबाट ८, जर्मनीबाट ६, भारतबाट ६, डेनमार्कबाट ५, क्यानडाबाट ४, बंगलादेशबाट ३, स्वीटजरल्याण्डबाट २, स्वीडेनबाट २, न्युजिल्याण्ड, बार्बडोस, पोल्याण्ड, जापान र अष्ट्रेलियबाट एक एक जना धावकहरुको सहभागिता रहेको वेभसाईटमा उल्लेख छ । दौडमा धावकहरु १७५० मिटरको उचाईमा पुगेर ओर्लिने छन् । २१ किलोमिटर दौडिने धावक भने १२८५ मिटरको उचाईसम्म पुग्ने छन् । तीनै इभेण्टमा महिला तथा पुरुषले प्रतिस्पर्धा गर्ने सक्ने छन् ।

४२ किलो मिटरको दौडमा छोरेपाटनस्थित डेभिजफल्सबाट शुरु हुने छ । दौड पुम्दीकोट, तारेभिर, घाँटीछिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदीसम्म आएर ट्रेल रेस हुने कार्यक्रम रहेको भटट्ले जानकारी दिए । यसैगरी २१ किलो मिटरको दुरी डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदीसम्म हुने छ। ५ किलो मिटर रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिने पनि उनले जानकारी दिए ।
अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै नेपाली जनजिवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिड्न छोडिएको गोरेटोबाटे हुँदै अन्तर्राष्ट्रियस्तरको फिस्टेल रेस कार्यक्रम आयोजना गरिएको डा सुन्दर पौडेलले बताए ।