
काठमाडौं-लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् ।
गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ । दोश्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ । कार्की तेश्रोपटक गोदामचौरदेखि जनकपुरसम्म दौड्न लागेका हुन् ।
कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेको बताउदै यसपटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए । यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् । त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेल प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।
कार्कीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य अर्जुनबहादुर केसी, राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपालीलगायतलेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…