
आईटिएफ विश्व टेनिस टुर जुनियर ५ पोखरा च्याम्पियन तामाङ र जेलकोस्की पदक ग्रहणपछि ।
पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फष्र्ट सर्किट च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा केही कठिनाई भएपनि दोस्रो सेट भने सलोनीले सहजै आफनो पक्षमा पारेकी थिईन् ।
पुरुष तर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दैै च्याम्पियन बनेका हुन् । एमिलियोले दासकलाई ६–२, ५–७ र ७–६(३)को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
महिला डबल्स तर्फको प्रतिस्पर्धामा नेपाली अभिषाला विष्ट र सलोनी तामाङको जोडीले नेपालकै ईशा श्री शाह र सर्वाणी श्रेष्ठको जोडीलार्य ६–१, ४–६ र सुपरटाईमा १०–७ को सेटले पराजित गर्दै उपाधि जिते । त्यस्तै पुरुष तर्फको प्रतिस्पर्धामा अमेरिकाका मिथ्री बारोट र सिदार्थ लामाको जोडीले भारतीय कविर चाबरिया र दाकस प्रसादको जोडीलाई ७–६(७),७–६(५)को सेटले पराजित गर्दै उपाधि जिते ।
च्याम्पियन र रनरअपलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पदक लगाईदिएका थिए । उनीसँगै नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ तथा सल्लाहकार बसन्त प्रधान, सुर्य भुजेल लगायतले पुरस्कार प्रदान गरेका थिए । सोमबारदेखि जुनियर ५ अन्तर्गत दोस्रो सर्किट शुरु हुने छ । आईतबार दोस्रो सर्किटको लागि क्वालिफाईङ प्रतिस्पर्धा हुने छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित जुनियर ५ मा विभिन्न १० देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । पोखरा रंगशालाको छ वटा कोर्टमा फेरी अर्को एकसाता जुनियर ५ को दोस्रो सर्किटका खेलहरु सञ्चालन हुने छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…