
काठमाडौं- नेपाल लागू पदार्थ तथा एड्स विरुद्ध खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरुद्ध सबैमा सचेतना र सतर्कताको भावना जातृत हुन आवश्यक रहेको बताए ।
खेलकुद मन्त्रालयका सचिव डा। दोमादर रेग्मीले एड्स विरुद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत लोकराज पाण्डेले नेपालमा एड्सको अवस्थालगायतका विषयमा विषयगत प्रस्तुती दिएका थिए । महासंघका अध्यक्ष ऋषिराज ओझाले महासंघले गरेका विभिन्न कार्यक्रमका बारे अवगत गराएका थिए ।
कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, विभिन्न राष्ट्रिय खेल संघका अध्यक्ष÷प्रतिनिधि, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…