
पोखरा-फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन हरी राईले जितेका छन् । शनिबार पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ४३ स्कोरसहित उपाधि जित्न सफल भए ।
स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धमा राईले ७ अण्डरको स्कोरसहति उपाधि जित्न सफल भए । चार अण्डर ४० सहित कलम सुवेदी उपविजेता बन्न सफल भए । त्यस्तै मेजर विजय मोक्तान काउण्ट व्याकमा तेस्रो स्थानमा चित्त बुझाए ।

ग्रस तर्फको पुरस्कार भने क्याप्टेन बद्री राईले जितेका छन् । लङगेष्ट ड्राईभ हिर्काउँदै इन्स्पेक्टर जीवाराम गुरुङले प्राप्त गरे । क्लोजेष्ट टु दि पीनको पुरस्कार जय नगेन्टले प्राप्त गरे । विजेता गल्फलाई श्रीमती गीता गुरुङ र इन्स्पेक्टर जीवाराम गुरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…