
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका नवनियुक्त बोर्ड सदस्यलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आइतबार एक कार्यक्रमबीच बधाइ दिएको छ ।
घिसिङसहित बोर्ड सदस्यहरु पेमा डोल्मा लामा, जनकप्रसाद गर्तौला, दीपेन्द्र विष्ट, मोहम्मद फाजिल, श्रीमान थापा मगर, विना श्रेष्ठ र प्रकाशकुमार कुसारीलाई कार्यक्रमका प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइराला, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीले कार्यकाल पूर्ण सफलताकाका लागि शुभकामना दिदै बधाइ दिए ।


पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…