आरभ र सलोनीको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७८ मा प्रकाशित


पोखरा-आईटिएफ विश्व टेनिस टुर जुनियर ५ दोस्रो सर्किट अन्तर्गत पोखरा रंगशालामा सोमबार नेपाली खेलाडीको मिश्रित नजिता निस्किएको छ । शीर्ष बरियताका महिला तर्फ सलोनी तामाङ र आरभसम्राट हाडाले जित आत्मसात गर्दा अन्य खेलाडीहरु भने पहिलो दिनमै पराजित भएका छन् ।

पुरुष तर्फ हाडाले भारतीय खेलाडी आर्या भट्टचार्यलाई ६–३, ६–४ को सेटमा पराजित गरे । महिला तर्फ सलोनी तामाङले भारतीय खेलाडी सोहिनी सन्जय मोन्टीलाई ६–०, ६–७(२) र ६–१ को सेटमा पराजित गरेकी थिईन् ।

पहिलो सर्किटका च्याम्पियन स्वीडेनमा एमिलियो जेलकोस्कीले नेपाली खेलाडी सौगात विकलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–०, ६–१ को सेटको नजिता निकालेका थिए । अमेरिकाका सिदार्थ लामाले नेपाली आयुष्मान हजुर घलेलाई ६–०, ६–१, भारतीय खेलाडी सन्दन शिवराजले नेपालकै इभ्याक जोशीलाई ६–०, ६–१, डेनमार्कका अलेक्जेण्डर नर्दद क्याउसेनले नेपाली इशान गुरुङलाई ६–०, ६–०को सेटमा पराजित गरेका थिए ।

पुरुष तर्फकै प्रतिस्पर्धामा भारतीय खेलाडी हितेश चौहानले नेपालका निशान श्रेष्ठलाई ६–४, ६–३को सेटमा पराजित गरेका थिए । त्यस्तै कबीर चावरियालेले नेपालका निश्चल कायस्थलाई ६–०, ६–०को सेटमा पराजित गरे । अमेरिकाका मिथ्री बारोटले भारतीय खेलाडी क्रिश त्यागीलाई ७–६(३), ६–३ को सेटमा पन्छाएका थिए ।

कास्की जिल्ला टेनिस संघको आयोजना सञ्चालित च्याम्पियनसिपमा भारतीय खेलाडी दिया भाटियाले नेपालकी अध्या पौडेललाई ६–०, ६–२ को सेटमा पराजित गरिन् । मेहर मिश्रा(भारत)ले नेपालकी रायना शाहलाई ६–२, ६–४ को सेटमा पराजित गर्दा नेपालकी सुभांगीलक्ष्मी शाहले बेल्जियमकी मिया रेष्टेभालाई ४–६,६–२ र ६–३को सेटमा पराजित गरेकी थिईन् ।