
तस्बिर फाईल ।
पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । ्
कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनका अनुसार ३० मिटरको स्टाण्डर्ड रिकर्भ प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धामा कास्कीसहित मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वतका खेलाडीहरु सहभागि हुने छन्े । अध्यक्ष शेरचनका अनुसार १ सय भन्दा खेलाडीहरुको सहभागिता रहने छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा आयोजना गरिदैं छ । कोभिड–१९ विश्वव्यापी फैलिएपछि खेलकुद पोखराको खेलकुद क्षेत्र पुरानै लयमा फर्र्किन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुदको तयारीको लागि प्रतियोगितालाई निरन्तरता दिनुपर्ने खाँचो समेत छ । प्रदेशस्तरीय प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुनेले २०, तेस्रोले १५ र सान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । सर्वाधिक अंक जोड्ने खेलाडीलाई भने नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ ।
६० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धा भने पोखरा रंगशालामा पहिलो पटक आयोजना हुने छ । भेट्रान्स प्रतिस्पर्धामा विजेताले १०, ७, ५ हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको लागि र्आचरी खेल मैदान तयारी गरिदैं छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…