
पोखरा-खेलकुदको जग मानिएको विद्यालयस्तरीय प्रतियोगिता निकै कम हुन्छन् । सामूदायिक विद्यालयको समेत सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड । संस्थागत विद्यालयको छाता संगठनले आयोजना गर्ने प्याब्सन र एन प्याब्सन स्पोर्टस मिट । वर्षमा यी बाहेक अन्य विद्यालयस्तरीय प्रतिस्पर्धा हुदैन् ।
प्याब्सनले दुई–दुई वर्षमा स्पोर्टस मिट आयोजना गर्छ । एनप्याब्सनले वर्षेनी स्पोर्टस मिटलाई क्यालेण्डरमा राखेको छ । संस्थागत विद्यालयले भलिबल, बास्केटल, टेबलटेनिस र व्याडमिन्टनलाई बढी प्राथमिकता दिने गरेका छन् । विद्यालयमा ती बाहेक अन्य खेलका पूर्वाधार खासै हुदैनन् । पूर्वाधार मात्रै होईन प्रशिक्षक समेत विद्यालयले राख्ने गरेका छैनन् । विद्यार्थीको बलबुताले भ्याएसम्म खेल खेल्ने र पदक जित्ने आशा र अपेक्षा विद्यालयले गर्दै आएको छ । सीमित खेललाई प्राथमिकतामा राख्दै एउटै प्रशिक्षक राखेर धेरै खेल खेलाउने ध्येय विद्यालयको छ । हिसानले पनि एथलेटिक्सलाई भन्दा पनि बढी भलिबल, बास्केटबल, व्याडमिन्टन र टेबलटेनिसलाई लक्षित गर्दै स्पोर्टस मिट गर्दै आएको छ ।
‘विद्यालयमा पर्याप्त पूर्वाधार हुदैन् । साना ठाँउमा गर्न सकिने भलिबल, बास्केटलब, व्याडमिन्टन र टेबलटेनिस खेलहरुलाई बढी प्राथमिकतामा पर्छन्’ निजी विद्यालयको छाता संगठन एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले भने–‘ती खेललाई स्कुलले फोकस गर्ने गरेका छन् । एथलेटिक्स खेललाई विद्यार्थीको चाहना अनुसार विद्यालयले ‘मोटिभेसन’ गर्दै आएको छ ।’ विद्यालयले एथलेटिक्सको सामान्य नियम मात्रै सिकाउने तर पर्याप्त पूर्वाधार नहुदाँ एथलेटिक्समा ध्यान दिन नसकिएको उनको भनाई थियो । एथलेटिक्स अन्तर्गत हाईजम्प, लङजम्प जस्ता खेलहरु विद्यालयमा सुषुप्त नै छ ।
प्याब्सनका अध्यक्ष प्रेम शर्माका अनुसार कुनैपनि विद्यालय परिसरमा एथलेटिक्सका खेलहरु खेलाउन पर्याप्त पूर्वाधार छैनन् । ‘विद्यालयहरुमा एथलेटिक्सको लागि पूर्वाधार छैनन् ’ उनले भने–‘विद्यालय नजिकैका खाली चौरमा सिकाउने गरिएको छ ।’ केही विद्यालयले मार्शल आर्ट्सलाई प्राथमिकतामा राख्ने गरेको छ । एथलेटिक्सको सबैभन्दा बढी इभेण्ट हुने गरेका छन् । पोखरामा सामुदायिक २०७ र संस्थागत २४७ विद्यालय छन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिले पनि विद्यालयले विद्यालयमा खेलाउने खेलहरुको प्रशिक्षकको व्यवस्था गर्नुपर्ने जनाएको छ । ‘विद्यालय नै खेलाडी उत्पादनको थलो हो । तर खेलाडी उत्पादन हुने थलोमा प्रशिक्षकको व्यवस्था नहुनु दुखद हो ।’ पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘नियम सिकाउन पनि प्रशिक्षक चाहिन्छ ।’ उनका अनुसार किताबमा भएका खेलहरुको नियम सिकाउन पनि प्रशिक्षक अत्यावश्यक हुन्छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…