
काठमाडौं । सर्वोच्च अदालतले राष्टिय खेलकुद परिषदका तत्कालीन सदस्य सचिवन रमेश कुमार सिलवाललाई सरकारले पदमुक्त गरेको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधिश हरिपसाद फुयालको एकल इजलासले बुधबार सरकारको निर्णय कार्यान्वयन नगराउन र पुस १२ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो । अदालतको यो आदेशसँगै सिलवाल पदमा फर्किन मिल्ने भएको छ । तर, यो अन्तिम निर्णय भने होइन । पुस १२ मा सरकार पक्ष र रिट निवेदक पक्षबीच छलफल हुनेछ । सर्वोच्च अदालतले दुवै पक्षबीचको छलफलपछि सिलवाल पूर्ण रुपमा पदमा फर्किने वा नफर्किने भन्ने निर्णय लिनेछ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा भएको राखेप सदस्य सचिवको बर्खास्तका विषयमा पहिलो पटक सर्बोच्चमा सिलवालको रिट परेको थियो । केपी ओलीको नेतृत्वमा रहेको सरकारले सिलवाललाई अघिल्लो वर्षको साउनमा सदस्य सचिव नियुक्त गरेको थियो ।
सरकारले कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको सिफारिसमा मंसिर १३ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । ओली नेतृत्वको सरकारमा नियुक्त भएका ९ सदस्यलाई पनि गहतराजले पद मुक्त गरि ८ जना नयाँ सदस्य नियुक्त गरेका थिए । त्यो निर्णय विरुद्ध पनि तत्कालिन ५ जना सदस्य सर्वोेच्च गएका थिए । २०७१ सालमा तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तत्कालिन सदस्य सचिव युवराज लामालाई पदमुक्त गर्दा पनि सर्वाेच्चले पूर्नबहाली गरेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…