
काठमाडौं- बंगलादेशमा आयोजना हुने बि–जी कराते च्याम्पियनसिप २०२१मा सहभागी हुन जाने कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले बुधबार बिदाई गरे । बिदाई कार्यक्रममा राखेपका सदस्य पुरेन्द्र विक्रम लाखेको पनि उपस्थिती रहेको थियो ।
बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय टोली त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बंगलादेश जाने टोलीमा राम कुमार श्रेष्ठ टिम ब्यवस्थापकमा रहेका छन् । यस्तै प्रशिक्षकमा श्याम रोका, खेलाडीहरुमा राजदेव बमजन (६५) केजी, धेजेन डोल्मा तामाङ्ग (४५ केजी), ग्याल्मो सोमिका लामा (३५ केजी_, युरोदिश रोका (६० केजी), पासाङ्ग तामाङ्ग (७० केजी), रविन्द्र कुँवर (खुल्ला) तथा उमेश भण्डारी (५५ केजी) रहेका छन् । यस्तै निर्णायकमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेश लाल श्रेष्ठ रहेका छन् ।
मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बर सम्म हुनेछ ।टोलीलाई बिदाई गर्दै उपाध्यक्ष कोईरालाले खेलाडीले खेल्ने मात्र नभई नेतृत्व विकास पनि गर्नु पर्ने र राष्ट्रको ईज्जतलाई उच्च राखेर उपाधी जितेर आउन शुभकामना सहित बिदाई गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…