प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोट, कास्कीको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ८ गते २०७८ मा प्रकाशित


पोखरा-कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट खेलमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै शुरुवात गरेको हो ।

खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । ७१ रनको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे । कास्कीको बलिङतर्फ अमृत गुरुङ्गले ३, कृष्ण पौडेलले २ तथा कप्तान विपिन खत्रीले १ विकेट लिए ।

जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको कास्कीले ३०.४ ओभरमा मात्रै ६ विकेट गुमाएर जित हाँसिल ग¥यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अनिल गुरुङ्गले ७० तथा विद्यान श्रेष्ठले ६६ रन जोडे । ७० बलको सामना गरेका अनिलले आफ्नों पारीमा ८ चौका तथा २ छक्का प्रहार गरे भने विद्यानले १० चौका हानेका थिए ।

तनहुुँका बलर चन्द्रकान्त पौडेलले ३, अभिषेक बस्नेतले २ तथा दिवस आचार्यले १ विकेट लिए ।
यसअघि गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । खेलाडीहरुले पारिवारिक, आर्थिक समस्याका बावजुदपनि खेल क्षेत्रमा ठूलो योगदान दिएको भन्दै अव खेलकुद क्षेत्रलाई व्यवसायिक बनाउनुतर्फ राज्य लाग्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि यु्वा यद्यमी मञ्च गण्डकीका अध्यक्ष सुनिलबहादुर भट्टराईले यसअघि पनि मञ्चले कास्की क्रिकेटसंग विभिन्न समयमा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गरिने बताए ।