
पोखरा-तनुहँले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा दोस्रो खेलमा पराजित भएको छ । जितको संघारमा पुगेको तनहुँ अन्तत स्याङजासँग ३ रनले हार व्यहोर्न पुग्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको लक्ष्य पुरा गर्न तनहुँ ४ रनले चुक्यो । स्याङजाले दिएको १२४ रनको लक्ष्य पछ्याएको तनहुँलाई जितको लागि केवल ४ रन चाहिएको अवस्थामा केवल एक विकेट मात्रै बाँकी थियो । तर चार नजोड्दै अन्तिम विकेट गुमाएपछि तनहुँ जितको संघारमा पुगेर पनि ३ रनको रोमाञ्चक हार व्यहोर्न पुग्यो ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको स्याङजाले निर्धारित ४० ओभर मध्ये ३३.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २३ रन बनायो । स्याङजाको तर्फबाट सन्दिप क्षेत्रीले ४० तथा इश्वर क्षेत्रीले २५ रन जोडे । तनहुँका बलरहरु दिनेश बुढामगरले ३ तथा अभिषेक बस्नेतले २ विकेट लिए । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको तनहुँ जितको नजिकै पुगेर पनि सफलता हाँसिल गर्न सकेन । तनहुँका खेलाडीहरु ३७.५ ओभरमा १ सय २० रनमा अलआउट हुन पुगे । तनहुँका समिर कँडेलले ३५ रन जोडपनि अन्य ब्याट्स्म्यानहरुले उल्लेख्य रन जोडन सकेनन् । स्याङजाको बलिङतर्पm म्यान अफ द म्याच अशोक श्रेष्ठले ३ विकेट लिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…