माछापुच्छ्रे ओपन टेनिस शुरु, डा. मदन दोस्रो चरणमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ११ गते २०७८ मा प्रकाशित


पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकासबहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन् ।

त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङ्गले एम.पी. गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपा प्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदिप शाहलाई ६–३, २–६ र सुपरटाईमा १०–८ ले, विनोद कायस्थले विष्णु चापागाइलाई ६–०, ६–० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङ्गले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमल कुमार गुरुङ्गले रामु विकलाई ६–१, ६–३ ले पराजित पराजित गरे। ।

महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभाङ्गी लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति सर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाले ।

त्यस्तै ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ्ग र लोक गुरुङ्गको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नविन चालिसे र बिरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङ्गको जोडीलाई ६–१, ६–२ ले पराजित गरे। ।

५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङ्गले नरेन्द्र कुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङ्गलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपर टाईमा ११–९ ले पराजित गरे। ।

५५ वर्ष माथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङ्गको जोडीले राजकुमार गुरुङ्ग र पदम गुरुङ्गको जोडीलाई रिटायर्ड हर्टमा, समिर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुङ्गानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका थिए ।