
काठमाडौं- जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् । उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् ।
सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए ।
प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले फ्रेन्डसिपका कुडोस प्रसाईं, ५६ केजीमा सुकेधाराका प्रवीण राईले गोकर्णेश्वरका दावा फुन्जो शेर्पा तथा अर्को ५५ केजीमा गोकर्णेश्वरका लाक्पा तामाङले केन्द्रीयका मनोज राना मगरलाई पन्छाए ।
कलंकीस्थित जनपथ माविमा भएको एकदिने प्रतियोगिताका विजेतालाई नेपाल राष्ट्रिय मुवाँथाइ संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिता फ्रेन्डसिप मुवाँथाइ क्लबको आयोजनामा भएको हो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…