
पोखरा-नवलपुरलाई ९ विकेटले पराजित गर्दै कास्की गण्डकी प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार नवलपुरले दिएको १३१ रनको चुनौतिलाई कास्कीले १ विकेटको क्षतिमा पुरा गर्दै फराकिलो जितसँगै च्यम्पियन बन्यो । विधान श्रेष्ठले अविजित ४३ तथा मुस्कान थापाले अविजित ४० रन जोडेपछि कास्कीले नवलपुरमाथि फराकिलो जित सम्भव हुन पुग्यो । ओपनर अनिल गुरुङ्गले ३२ रनको पारी खेल्दै पभेलियन फर्किए । खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपिन खत्री म्यान अफ द म्याच भए ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता लागि गण्डकी प्रदेश छनोट अन्तर्गत मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा नवलपुरले सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नवलपुरको तर्फबाट दिपक डुम्रेले ३१ तथा रोविन तिमिल्सीनाले २३ रन जोडे । कास्कीका बलरहरु विपिन खत्रीले ४, कृष्ण पौडेलले ३ तथा दिपेश खत्रीले २ विकेट लिए । जितका लागि १ सय ३१ रनको लक्ष्य पाएको कास्कीले निर्धारित ४० ओभरमध्य ३०.४ ओभरमा मात्रै १ विकेट गुमाएर जित हाँसिल ग¥यो ।
प्रतियोगितामा कूल ७ विकेट सहित ३० रन बनाएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी भए । १ सय ४५ रन जोडेका कास्कीका अनिल गुरुङ्ग उत्कृष्ट व्याट्स्म्यान बन्दा नवलपुरको तर्फबाट ७ विकेट लिएका कमल परियार उत्कृष्ट बलर घोषित भए । विजयी खेलाडीहरुलाई पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कोषाध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश खेलकुद संघका सदस्य गिरमान गुरुङ्ग, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…