
पोखरा –अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबल तर्फको उपाधिका लागि सीवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएको छ । आज भएको सेमीफाईनल खेलमा सीवाईसीले एमवाईसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै सीवाईसी फाईनल प्रवेश गरेको हो ।
यसैगरी अर्काे सेमिफाईनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलार्य २५–२३ र २५–२२ को सोझो सेटमा हराउदै जनउत्थान फाईनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए । उनका अनुसार जनउत्थान र सीवाईसी बिचको फाईनल खेल शुक्रबार विहान १० बजे हुनेछ ।
गुरुङले भलिबलतर्फ तेस्रो स्थान मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको बताए । उनका अनुसार मत्क्यू गाईजलाई २५–२३ र २५–२२ को सोेझो सेटले पराजिगत गर्दै मिलन युवा क्लब याङजाकोटले तेस्रो स्थानको उपाधि रक्षा गरेको हो ।
यसैगरि बास्केटबल तर्फm माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ र मिलन युवा क्लब याङ्जाकोट बिच शुक्रबार नै फाईनल खेल हुने संयोजक गुरुङले बताए । उनका अनुसार तेस्रो स्थानका लागि भने सीवाईसी र एमवाईसी घ्यागोथर बिच प्रतिस्पर्धा हुनेछ । दुवै तर्फको प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्राप्त गर्नेछ भने द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश १५ र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…