
धरान । सुर्य नेपाल इस्टर्न ओपन अन्तर्गत अन्तिम दिन प्रो एममा धरानका स्थानीय एमेच्योरले वर्चस्व जमाएका छन् ।
त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबका व्यावसायिक गल्फर धनबहादुर थापासहितएमेच्योर पेम्बा शेर्पा तथा स्थानीय धरान गल्फ क्लबका रुपेन्द्र गुरुङ रजितेन्द्र राईले कुल १ सय ५२ स्कोरसहित उपाधि जिते । धनबहादुरले ३७ अंकजोड्दा पेम्बाले ४१, रुपेन्द्रले ३७ तथा जितेन्द्रले ३७ अंक जोडे । धरानकैव्यावसायिक गल्फर निरज तामाङ (३७), एमेच्योर भिम दाहाल (३६), तुलसी सुब्बा (३६) र राम तामाङ (३६) ले कुल १ सय ४५ अंकसहित दोस्रो स्थान हासिल गरे ।
तेस्रो स्थानमा स्थानीय प्रो शुक्रबहादुर राई (३४) संगै भरत तामाङ (३६), काजी लिम्बु (३६) र विनोद राई (३६) कुल १ सय ४२ अंकसहित रहे । महिलातर्फतारा कार्की चित्रकारले ३५ अंक जोड्दै उपाधि जितिन् । लंगेस्ट ड्राइभकोउपाधि संगम केसीले प्राप्त गर्दा क्लोजेस्ट टु द पिन राम तामाङले जिते ।
प्रतियोगितामा १४ व्यावसायिक र ५७ एमेच्योरसहित कुल ७१ खेलाडी सहभागीरहेको थियो । विजेताहरुलाई प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारी, धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी सुवेदी, नेपाल प्रहरीका एआईजी हरी पाल, सुर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नविन सरोज, धरान गल्फ क्लबका अध्यक्ष विरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…