
काठमाडौं । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पालना नगरेको कसुरमा अष्ट्रेलियाले सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचको अष्ट्रेलियन भिसा रद्द गरेको छ । विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेपछि अष्ट्रेलियाले भिसा रद्द गरिदिएको हो ।
अष्ट्रेलियन बोर्डर फोर्सका अनुसार जोकोभिच र उनको टिमले अष्ट्रेलिया प्रवेशको लागि आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना गरेको प्रमाण पेस गर्न सकेनन् ।
मेलबर्न विमानस्थलमा घण्टौसम्म नियन्त्रणमा राखेपछि जोकोभिचलाई अहिले अष्ट्रेलियन सरकारको स्वामित्वको रहेको एक होटलमा राखिएको छ । उक्त होटलमा अष्ट्रेलिया प्रवेश गर्ने अवैध आप्रवासीहरुलाई राखिंदै आईएको थियो । अब मेलबर्नबाट सर्विया फर्कने उडानमार्फत जोकोभिचलाई फिर्ता पठाइनेछ ।
जोकोभिचले यसअघि कोरोना विरुद्धको खोप नलगाएपनि आफुलाई अष्ट्रेलियन ओपन खेल्न अष्ट्रेलिया सरकारले अनुमति दिएको बताएका थिए ।
यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले स्वास्थ्य मापदण्ड र सिमा सुरक्षा कानुनभन्दा माथि कुनै पनि नागरिक नभएको भन्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णयको बचाउ गर्नुभएको छ ।
सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुसिकले स्टार खेलाडी जोकोभिच अष्ट्रेलियामा अपमान र अभद्र व्यवहारको शिकार भएको भन्दै भत्सर्ना गर्नुभएको छ ।
विकसित घटनाक्रमपछि जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्न नपाउने भएका छन् । अष्ट्रेलियन ओपन यही जनवरी १७ तारिखबाट मेलबर्नमा हुँदैछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…