
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा शुरुभएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना छनोट भएका छन् ।
पहिलो चरणमा ¥याङकिङ राउण्डबाट ६४ खेलाडी छनोट गरिएको थियो । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भएका हुन् । ¥याङकिङ राउण्डमा म्याग्दीका २४ वर्षिय सुजन पुन सर्वाधिक स्कोर बनाउँदैं ¥याङकिङको शीर्षस्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनी शीर्षस्थानमा रहँदै नकाउट राउण्ड प्रवेश गरेका थिए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो दिनको ¥याङकिङ राउण्डमा खेलाडीहरुले १० डोर प्रहार गरेका थिए । प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)का अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरिएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीहरु समावेश छैनन् । शनिबार ३२ जनाबाट उत्कृष्ठ ४ जनालाई नगद पुरस्कार प्रदान गरिने छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीले समेत प्रतिस्पर्धा गरेका छैनन् । ‘राष्ट्रिय प्रतियोगितामा यो इभेन्टमा पदक विजेता खेलाडीले सहभागिता जनाउन पाउँदैनन् । पदक विजेता खेलाडी अपग्रेड हुन्छन् ।’ प्रतियोगिताका संयोजक गौचनले बताए । उनीहरु कम्पाउण्ड ५० मिटर र रिकर्भ ७० मिटर खेल्नुपर्ने हुन्छ ।
प्रतियोगिताबाट १० खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनोट गरिने छ । उत्कृष्ठ चारसहित अन्य ६ जनालाई छनोट गरेर बन्द प्रशिक्षणमा राखिने संघका अध्यक्ष शेरचनले जानकारी दिए । उनका अनुसार १० जनाबाट पनि अन्तिम चरणमा ४ जना मात्रै छनोट गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्ने गरी प्रशिक्षणमा राखिने छ । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…