
काठमाडौं-टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फ बिजयी भएका छन् । नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २०० मिटर दौड, ४०० मिटर पौडी र १०० मिटर दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् । महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो स्थान हात पारे । यस्तै पुरुष तर्फ तेन्जिङ्ग रायन गुरुङ्गले २४ मिनट ११ सेकेन्डका साथ दोश्रो र २५ मिनट ३८ सेकेन्डका साथ जादेन श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।
बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । महिला तर्फ स्वस्तिका भण्डारीले चौथो स्थान प्राप्त गर्दै १ हजार नगद सान्त्वना पुरस्कार प्राप्त गरिन् । पुरुष तर्फ सनिल थापा मगर र अजल काजी ताम्राकारले चौथो र पाँचौ स्थानका साथ नगद १ हजार सान्त्वना प्राप्त गरे ।
सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु १३ महिला तर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरेकी हुन् । दोश्रो स्थानमा आश्ना श्रेष्ठ ३३ मिनट ५३ सेकेन्डमा र तेश्रो स्थानमा आकंक्षा श्रेष्ठ ३६ मिनट ५६ सेकेन्डमा दुरी पुरा गर्न सफल भए । यस्तै पुरुष तर्फ आरोहण भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ निर्धारित दुरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भए । दोश्रो स्थानमा अथर्व सिंह रहे । उनले २५ मिनट ५८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका प्रसर्य श्रेष्ठले ३३ मिनट ३२ सेकेन्डमा दुरी पुरा गरे ।
बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यु १० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितालाई किङ्गस् एण्ड क्रल, काठमाण्डौ फर्टिलिटी सेन्टर, सुमिङ्ग प्यारेन्ट एसोसियशन, ब्लाक बक्स टेक्नोलोजी, एग्रो थाई फुड, के एण्ड के प्रिन्टिङ्ग, रोयल हुक्का, गरिमा विकास बैंक, थानकोट मेडिकल हलले प्रायोजन गरेका थिए ।(हिजोको समाचारमा मिटर हुनु पर्नेमा कि.मि. भएकोले क्षमा चाहन्छु ।)


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…