आर्मी र शसस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७८ मा प्रकाशित


दोस्रो टाईगर कप पुरुष तर्फ विजेता त्रिभुवन आर्मी क्लब ।

पोखरा-लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई फाईनलमा पराजित गर्र्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ । शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो । महिला तर्फ भने आर्मीलाई पराजित गर्दै शसस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ ।

शनिबार भएको फाईनल प्रतिस्पर्धामा आर्मीले हेल्प नेपाललाई लिगचरणमा व्यहोरको हारको बदला लिदैं उपाधि उचाल्यो । पहिलो सेटमा १४–६ ले अग्रता लिएको आर्मीले २५–१८ को स्कोरमा पहिलो सेट आफनो पक्षमा पार्यो । मनबहादुर श्रेष्ठ र धनबहादुर भट्टको स्पाईक र ब्लकमा आर्मीले हेल्प नेपालको प्रयासलाई विफल पारेका थिए । हेल्प नेपालले सर्भिसमै अंक गुमाएपछि आर्मीले पहिलो सेट सोझो एवं सहजै लियो ।

दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । आर्मीले शुरुवातदेखि नै पछि परेको थियो । तर २१–२१ को अवस्थामा बराबरी पु¥याउँदै आर्मीले अग्रता लियो । २३–२२ को अवस्थामा हेल्प नेपालले प्लेसिङ खेल्दै २३–२३ बराबरी गर्दै खेललाई रोचक बनायो । मनबहादुर श्रेष्ठको दोहोरो स्पाईकलाई भारतीय खेलाडीले ब्लक गर्दै अंक आफनो खातामा राखे । २३–२४ को स्थितिमा हेल्प नेपालका खेलाडीले हानेको स्पाईक बाहिर गएपछि २४–२४ को बराबरीमा पुग्यो । अन्तत हेल्प नेपालले दोस्रो सेट कठिन रुपमा २६–२४ मा लिएर खेल १–१ सेटको अवस्थामा पु¥याए ।

तेस्रो सेटमा आर्मी हावी भयो । ६–६ को स्कोरबाट अघि बढेको आर्मीले अग्रतालाई कायम राख्दै २५–१८ मा आफनो पक्षमा पार्दै खेल २–१ को अवस्थामा अग्रता लियो । आर्मीले चौथो सेट केही सहज रुपमा लियो । २५–१९ को अवस्थामा लिदैं आर्मीले दोस्रो संस्कराणको टाईगर कप आमन्त्रित क्लबस्तरीय भलिबल च्यामिपयनसिपको उपाधि लेखायो ।

टाईगर ग्रुप अफ पोखरा, नेपालको आयोजनामा सञ्चालित क्लबस्तरीय आमिन्त्रत भलिबल प्रतियोगिताको महिला तर्फको फाईनलमा विभागीय डर्बीको फाईनलमा शसस्त्रले आर्मीमाथि सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ । लिगमा पराजित गरेको आर्मीको मनोबललाई शसस्त्रले फाईनलमा मत्थर बनाईदियो । २५–२३ मा पहिलो सेट लिएर आर्मीमाथि दबाव बनाएको शसस्त्रले दोस्रो सेट अझ सजिलोसँग लिन पुग्यो । दोस्रो सेट २५–१५ मा लिएको शसस्त्रले तेस्रो सेट २५–२० मा लिएर महिला तर्फका उपाधि आफनो नाममा लेखाउन सफल भयो ।

विजेता महिला तथा पुरुष टोलीले नगद ३÷३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गरेका छन् । उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गरे । पुरुष तर्फ नेपाल पुलिस क्लब तेस्रो बन्यो । महिला तर्फ भने न्यु डायमण्ड स्पोर्टस क्लबल तेस्रो भएको छ । महिला तथा पुरुष टोलीले नगद ७५÷७५ हजार प्राप्त गरे । पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लब सान्त्वना टोलीको रुपमा रहे । दुवै टोलीलाई नगद ३५÷३५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सर्वोत्कृष्ट खेलाडी प्रतियोगितामा महिला तर्फ एपिएफकी सरस्वती चौधरी र पुरुष तर्फ आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई २५÷२५ हजार नगद प्रदान गरिएको छ । महिला तर्फ उत्कृष्ट सर्भर निरुता ठगुन्ना(एपीएफ), सेटर कृपा अधिकारी(त्रिभुवन आर्मी), ब्लकर हिरा केसी(एपीएफ), लिबरो सलिना श्रेष्ठ(न्यु डायमण्ड एकेडेमी), स्पाईकर शान्तिकुमारी थारु(त्रिभुवन आर्मी) घोषित भए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार महेशप्रसाद चौधरीलाई प्रदान गरिएको छ ।

पुरुष तर्फ उत्कृष्ट सर्भर ईमबहादुर राना(नेपाल पुलिस क्लब), सेटर हरिहजुर थापा(त्रिभुवन आर्मी), ब्लकर पुनित(टिपटप हेल्प नेपाल), लिबरो ईश्वर थापा(त्रिभुवन आर्मी), स्पाईकर विनोद कुमार(टिपटप हेल्प नेपाल) र उत्कृष्ट प्रशिक्षक जगतबहादुर सिंह(आर्मी) घोषित भए । उत्कृष्ट विधाका महिला तथा पुरुष खेलाडीहरुलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितालाई शुश्री मिडिया प्रालिले मुख्य प्रायोजन गरेको थियो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, साउथ एशियन सेन्ट्रल जोन भलिबलका अध्यक्ष मोहमद लतिफ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतल पुरस्कार प्रदान गरेका थिए ।