
पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे ।
बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोले बताए । लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।
एकेडेमीमा हाल १५ जिल्लाका २४ बालकहरु रहेको क्लबको उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिए । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६० सालदेखि एकेडेमी सञ्चालन गरिरहेको हो ।
लुम्बिनी बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट करीब ३ लाख ८० हजार ग्राहकलाई सेवा दिदै आएको छ । लुम्बिनी विकास बैंक लिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सहारा क्लब पोखरा सहयोग रकम हस्तान्तरण गरेको बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…