
पोखरा-बिहीबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा २० औं संस्करणको आहा रारा गोल्डकप शुरु हुदैं छ । आयोजक सहारा क्लबले शसस्त्र प्रहरी बल(एपीएफ क्लब)सँग उदघाटन खेल खेल्ने छ । आहा रारा गोल्डकपमा सहाराले गतवर्षको हारलाई विर्साउँदै सुखद अनुभूति गर्ने लक्ष्यमा रहने छ । एपीएफले भने मोफसलको उत्कृष्ट फुटबल प्रतियोगितामा जितको श्रृंखला दोहोर्याउने अभियानमा केन्द्रीत हुने छ । जित्ने टोलीले अमेरिकन टोली भुटानिज युथ सोसाईटी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । कोभिड–१९ को तेस्रो लहर उत्कर्षमा पुग्दै छ । यद्यपी जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक गरेको सूचना अनुसार पोखरा रंगशालामा स्वास्थ्य मापदण्ड पुरा गरेर एक चौथाई दर्शक राखेर खेल सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । फुटबल प्यारापिटमा १६ हजार ५ सय दर्शक सिट क्षमता छ । यद्यपी सहारा क्लबले दर्शकलाई अनिवार्य खोप कार्ड देखाउनुपर्ने मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित ए डिभिजनका मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रीस्टार र हिमालयन शेर्पा क्लबले १० लाख १ हजार पुरस्कार राशीको उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुने प्रतिस्पर्धालाई सहारा क्लब हङकङले दोस्रो पुरस्कार प्रायोजन गरेको छ । सर्वोत्कृष्ठ खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्ने छ । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गर्दै आएको छन् । उनले यो वर्ष पनि निरन्तरता दिएका छन् । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्यबहादुर केसी स्मृतिको नामबाट प्रदान गरिने छ । प्रत्येक विधाको विजेताले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिए ।
उनका अनुसार प्रत्येक खेलमा प्लेयर अफ दि म्याच घोषित खेलाडीले ट्रफीसहित नगद ८ हजार रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ठ पाँच, प्लयेर अफ दि म्याच, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित टोलीको ट्रफी तथा खेलाडीलाई दिईने पदकको पुरस्कार प्रायोजन सहारा युकेले गरेको छ । क्लबले उदघाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मान गरिने जनाएको छ । नगद ३५ हजार रुपैयाँसहित दोसल्ला ओढाई सम्मान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी सम्मानको प्रायोजन सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, पोखरा महानगर खेलकुद विकास समिति, सहारा क्लब युके, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहेको छ । प्रतियोगितामा १ करोड ३६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । बचत रकम २०७० सालदेखि आवासिय रुपमा शुरु गरेको सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई खर्च गरिने छ । क्लबले तेस्रो व्याचका २४ जना बालकलाई आश्रय दिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…