
पोखरा-नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदान भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिस भने आहा यो संस्करणको दोस्रो खेलबाट बिदा लिन पुग्यो ।
दुवै टोली आहा राराको समान उपाधि च्याम्पियन हुन् । दुवैले ६–६ पटक उपाधि उचालेका छन् । दुईवर्ष अघि मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबलाई फाईनलमा पराजित गर्दै उपाधि उचाल्दै पुलिससँगको उपाधि बराबर गर्यो । २० औं सस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनलमा २–० पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाईनल सुरक्षित गर्दा गर्विलो इतिहास बनाएको नेपाल पुलिस क्लबले आईतबार पोखराको मैदानमा गोल्डपकपको यात्राबाट विट मार्यो ।
गोलरहित पहिलो हाफ टुंगिदाँ दोस्रो हाफ अझ प्रभावकारी बन्ने अपेक्षा थियो । दोस्रो हाफ मनाङले केही राम्रो मुभ बनायो । खेलको उत्तरार्थमा मनाङले स्कोर निकाल्यो । अजित भण्डारीको अक्षम्य गल्तीको फाईदा उठाउँदै रुपेश केसीमा मनाङले अग्रता लियो । हेमन्त श्रेष्ठले अजित भण्डारीलाई व्याकपास दिए । पासलाई अजित भण्डारीले रुपेश केसीलाई छलाएर क्लियर गर्न खोजे । तर दुर्भाग्य बल ओलावाले अफिजले कलेक्ट गर्दै रुपेशलाई दिए । रुपेशले उत्कृट भली हिर्काउँदै अग्रता दिलाए । रुपेशले ६४ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो गोल ओलावाले अफिजले गरे । उनले पनि भोला सिलवालको गल्तीको फाईदा उठाए । भोला सिलवालले बललाई आफनो नियन्त्रणमा राख्न नसक्दा मैदानको मध्यभागबाट खोसेर आजित भण्डारीलाई विट गर्दै अफिजले ८७ औं मिनेटमा गोल गरेपछि मनाङ मस्र्याङ्दी सेमिफाईनल सुरक्षित बनायो । पुलिस उपाधि होडबाट एकवर्ष पछि धकेलियो । एक गोल र एक असिष्ट गरेका अफिज प्लेयर अफ दि म्याच घोषित भए ।
पुलिस भेट्रान खेलाडी जुमानु राईको कप्तानीमा मैदानमा उत्रिएको थियो । पोखराको मैदान मनाङ मस्र्याङ्दीको लागि कतार एयरवेज ए डिभिजन लिगको लागि घरेलु मैदान समेत हो । ६८ औं मिनेटमा मनाङ मस्र्याङ्दीले अग्रता दोब्बर बनाउने अवसरलाई गुमायो । ओलावालेको एकल प्रयासलाई पुलिसका गोलकिपरले बचाउ गरे । रिवाउण्ड बललाई पुलिसका डिफेन्सले क्लियर गर्न प्रहार गरेको बल ओलावालेकै खुट्टामा पर्यो । ओलावालेले विमल रानालाई पेनाल्टी बक्सभित्र पास दिए । बिमलको प्रहार डिफेन्सबाट रिफ्लेक्ट भयो । रिफ्लेक्ट बललाई विमलले राजेशलाई व्याक पास दिए । पासलाई राजेश परियारले हानेको प्रहार बाहिरिन पुग्यो ।
‘फरवार्ड राम्रो भएन् । मनाङ राम्रो टिम थियो । बराबरी गर्दै टुग्याउने योजनामा थियौं ।’ पुलिसका प्रशिक्षक अनन्त थापाले भने–‘डिफेन्सको गल्तीमा गोल खायौं । त्यसले नै हार्यौं ।’ मनाङका प्रशिक्षक तोपे फुजाले भने पोखराको मैदानमा धेरै उपाधि जित्ने लक्ष्यमा रहेको बताए । ‘हामीले फष्ट हाफ पुलिसको गेम हेर्यौं । आक्रमक खेलेनौं ।’ प्रशिक्षक फुजाले भने–‘दोस्रो हाफमा रणनीति बनायौं । सफल भयौं । पोखराको मैदानमा हामी च्याम्पियन बन्न चाहन्छौं ।’
पहिलो हाफमा दुवै टोलीले खासै मुभ बनाएनन् । अवसर खासै सृजना गरेनन् । २७ औं मिनेटमा पुलिसका विङ्गर रवि पासवानले एकल प्रयास गरे । तर उनको एकल प्रयास गोलपोष्टभन्दा धेरै टाढा हिर्काए । ३१ औं मिनेटमा मनाङले पेनाल्टी बक्स बाहिर फ्रिकिकको अवसर पायो । फ्रिकिकलाई राजेश परियारले पुलिसका गोलकिपरकै हातमा बल थमाईदिए । ८३ औं मिनेटमा रवि पासवानको क्रस पासलाई जुमानु राईले ‘क्विक किक’ गर्न चक्दा बराबरी गोलको अवसरबाट बन्चित भए ।
लगत्तै ८४ औं मिनेटमा ओलावाले अफिजको पासलाई अशोक थापा मगरेले हानेको प्रहार पुलिसका गोलकिपरले बचाए । रिवाउण्ड बललाई अशोकले पछाडि रहेका राजेशलाई व्याक हेड पास दिए । राजेशको प्रहार आकासियो । पुलिसले खेलको अन्तिम इन्जुरी समयमा पाएको फ्रिकिकलाई जुमानु राईले पोष्टभन्दा धेरै टाढा हिर्काए । हिमश्री फुड्सको प्रायोजना तथा सहारा क्लबको आयोजना सञ्चालित गोल्डकपको सोमबार डिफेण्डिङ च्याम्पियन संकटा क्लबले ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…