
पोखरा-रुपन्देहीमा बसेको नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकले वार्षिक साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ । आगामी फागुन १२ र १३ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको हो । बैठकले वार्षिक साधारण सभासँगै खेलाडीको बर्गिकरण सार्वजनिक गरेको छ । रुपन्देहीमा बसेको क्यानको बोर्ड बैठकले महिला तथा पुरुष दुवैको सन २०२२ को नयाँ सम्झौता सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सम्झौता अनुसार बर्गिकरणमा महिला तथा पुरुष तर्फ १८ खेलाडीलाई समावेश गरिएको छ ।
सार्वजनिक गरिएको नयाँ सम्झौता अनुसार सोमपाल कामीलाई ए ग्रेडमा राखिएको छ । केही समय अघि क्यानले गरेको बर्गिकरणमा असन्तुष्ट जनाएपछि खेलाडीहरु क्यान विरुद्ध उत्रिएका थिए । क्यानले खेलाडीलाई कार्वाही गर्ने जनाएपछि खेलाडी र क्यान बीच तिक्तता पैदा भएको थियो । बैठकले सेन्ट्ल कन्ट्याक्टमा शुरुको ६ महिना खेलाडीलाई समावेश नगराउने निर्णय फिर्ता लिने निर्णय गरेको छ । फिर्तासँगै सोमपाललाई ग्रेड एमा राखिएको छ । कामीसँगै कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी र करण केसी रहेका छन् ।
यसैगरी ग्रेड बीमा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अनिवास वोहोरा र विनोद भण्डारी रहेका छन् । यस्तै ग्रेड सीमा कुमल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
महिलातर्फ ग्रेड ए मा रुविना क्षत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् । यसैगरी ग्रेड बीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहेका छन् । यसैगरी समूह सी मा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल रहेका छन् । बैठकले पोखरा, भैरहवा र धनगढीमा २/२ जना र जनकपुर तथा सप्तरी क्रिकेट मैदानमा १/१ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय समेत गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…