
काठमाडौं- नेपाल ट्रायथोलन संघले स्कुलका बालबालिकालाई ट्रायथोलन सम्वन्धि विविध प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा शनिबार खेलकुद संग सम्वन्धित सैद्वान्तिक पक्षका साथै खेलाडीहरुलाई आवश्यक खुराक र त्यसको उचित प्रयोगको बारेमा ज्ञान प्रदान गरियो ।
स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्ने उद्वेश्यले ट्रायथोलन संघले लिटिल डलफिन स्वीम स्कुलसंगको सहकार्यमा बिद्यालयका बालबालिकाहरुलाई विगत लामो समयदेखि सैद्धान्तिक तथा प्राविधिक ज्ञान प्रदान गर्दै आईरहेको छ । त्यही क्रममा खेलकुदसंग सम्वन्धित ज्ञान संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले र खेलाडीको खुराक तथा उचित प्रयोगको बारेमा बिज्ञ सुजन पन्थीले ज्ञान प्रदान गरेका थिए ।
कोभिडको महामारीको अवस्थानमा पनि सम्पूर्ण स्वास्थ्य मापदण्डलाई पालना गर्दै स्कुलका बालबालिकाहरुलाई प्रशिक्षकहरु पुष्प बज्राचार्य, शुभ श्रेष्ठ, अमिश महर्जन, राकेश बज्राचार्य, सन्दीप अर्याल (स्यान्डी), लक्ष्मण महर्जनले विगत ६ महिना देखि पौडी, साईक्लिङ्ग र दौडको प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । हाल प्रशिक्षणमा २० बिद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…