
पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)ले फागुन मसान्तभित्रमा जिल्ला फुटबल संघहरुको अधिवेशन टुग्याउन परिपत्र गरिसकेको छ । आगामी जेठमा एन्फाले नयाँ नेतृत्वको लागि अधिवेशन गर्ने हुदाँ फागुन मसान्तभित्रमा जिल्ला अधिवेशन टुग्याउन निर्देशनसहित समिति गठन भईसकेको छ ।
कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुग्याउनुपर्ने छ । अधिवेशन टुग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ । यद्यपी जिल्ला लिगको समय तोकिसकिएको अवस्था छैन् । अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं आवद्ध क्लबलाई कहिले गर्ने भन्ने विषयमा छलफल नै गरेको छैन् ।
‘अधिवेशन फागुनभित्रैमा गर्ने हो । तर त्यसभन्दा अघि जिल्ला लिग र पोखरा गोल्डकप सक्ने हो ।’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको एकसुत्रिय योजना सुनाए–‘अधिवेशन गर्न समय छ । डेढमहिनाको समय धेरै हो । पहिलो लिग र गोल्डकप टुग्याउनु छ ।’ संघले तीन वर्ष अघि आयोजना गरेको गोल्डकपको आयव्यय सार्वजनिक गरिसकेको छैन् । जिल्ला लिगको आयव्यय समेत सार्वजनिक गरिसकेको अवस्था छैन् । आयव्यय सार्वजनिक गर्ने विषयमा अध्यक्षबाहेक अन्य संघका पदाधिकारी तथा सदस्यहरु समेत मौन छन् ।
संघका अध्यक्ष बाहेक अन्य पदाधिकारी एवं सदस्यहरु निष्क्रिय छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगितापछि कास्की जिल्ला फुटबल संघभित्र आर्थिक अनियमितता भएको घटनाक्रमले देखाएको छ । अखिल नेपाल फुटबल संघले समेत आर्थिक अनियमितता सम्बन्धी छानविन गरेपनि प्रतिवेदनलाई सार्वजनिक गर्न सकेन् । प्रतिवेदन सार्वजनिक मात्रै गरेन् कास्की जिल्ला फुटबल संघलाई समेत पानी माथिको ओभानो बनाईराख्यो । त्यही संघले अहिले जिल्ला लिग र गोल्डकप गर्ने योजना बुनिरहेको छ । जिल्ला लिग र गोल्डकप गर्न अध्यक्ष एक्लै तातेका छन् । अन्य पदाधिकारी र सदस्यहरु भने सम्पर्कविहीन छन् ।
जिल्ला लिग एन्फाको क्यालेण्डर अनुसार हुदैं आएको छ । गोल्डकपलाई पनि एन्फाले नै मिति दिएको छ । दुवै प्रतियोगितालाई कास्की जिल्ला फुटबल संघले अधिवेशन अघि आयोजना गरेर टुग्याउने कटिबद्ध छ । ‘अधिवेशन गर्ने हो । त्यसभन्दा अघि जिल्ला लिग र पोखरा गोल्डकप गरेर सकेपछि अधिवेशनको मिति तोकिने छ ।’ अध्यक्ष गुरुङको भनाई थियो ।
अधिवेशन बारे एन्फाको पत्र आएपनि जिल्लाबाट कुनै जानकारी नभएको संघका पदाधिकारी तथा सदस्यहरु स्वीकार्छन् । उनीहरुले जिल्ला लिग तथा गोल्डकप गर्ने बारेमा समेत अनभिज्ञता प्रकट गरेका छन् । ‘अधिवेशन फागुन मसान्तभित्र गर्नुपर्ने थाहा छ तर कहिले हुन्छ यकिन छैन् ।’ फुटबल संघ स्रोतले भन्यो–‘गोल्डकप र जिल्ला लिगको पनि चर्चा छ जानकारी छैन् ।’ अधिवेशनको लागि आन्तरिक चलखेल शुरु भईसकेको छ । संघमा २८ क्लब आवद्ध थिए । तर अहिले १८ क्लबमात्रै छन् । १८ क्लबले जिल्ला लिगमा सहभागिता जनाएका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…