
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबारीय क्लबस्तरीय टी–२० लिग च्याम्पियनसिप शुरु भएको छ ।
वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप प्रतियोगिताको उदघाटनमा पोखरा क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । पोखरा क्रिकेट क्लबले पहिलो व्याटिङ गर्दै ९ विकेटको क्षतिमा १२८ रनको योगफल तयार पार्यो । टस जित्दै व्याटिङमा उत्रिएको पोखरा क्रिकेट क्लबका अनुभवी व्याटर अनिल गुरुङले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट इनिङ खेले । अन्तिम ओभरको अन्तिम बलमा सांग्रिला क्रिकेट क्लबका कप्तान विपिन खत्रीले बाउण्ड्रीमा क्याच गराउँदै पोखरा क्रिकेट क्लबको इनिङ्स टुग्याएका थिए ।

खत्रीको बाउण्ड्री लाईनमा क्याच अघि अनिलले चौथो नम्बरमा व्याटिङमा आउँदै ५८ रनको महत्वपूर्ण इनिङ देखाए । उनी मात्रै दोहोरो अंकको रन जोड्ने खेलाडीको सूचीमा दरिए । बलिङ तर्फ सुदिप पौडेलले तीन, राजु तामाङले तीन र विपिन खत्रीले दुई विकेट लिएका थिए ।
१२९ रनको लक्ष्य पछ्याएको सं्राग्रिला क्रिकेट क्लब जितको संघारमा पुगेर हारको नजिता भोग्न पुग्यो । १९.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ समेटिएपछि १५ रनले पराजित हुन पुग्यो ।

कप्तान विपिन खत्रीले स्ट्राईक लिने चक्करमा सहकर्मी व्याटर विकास क्षत्रीलाई रनआउटको शिकार बनाएपछि जितको संघारमा पुगेको खेल हातबाट फुत्कियो । स्ट्राईक लिएर ठुलो सट खेल्ने क्रममा खत्री क्याच आउटभएपछि सांग्रिलाले खेलमा लय गुमाउन पुग्यो । १९.१ अोभर खेल्ने क्रममा सांग्रिलाका लागि विराट दवाडीले १६, विपिन खत्रीले १५ र अरुण अधिकारीले १३ रनको योगदान दिए । पोखरा क्रिकेट क्लबका बलर अनिष खड्काले ३ सुवास भण्डारीले २, अनिल गुरुङले २ विकेट लिए । प्रतियोगितामा पोखरा क्रिकेट क्लबका अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

संघको नयाँ नेतृत्वपछिको पहिलो कार्यक्रम अन्तर्गत क्लबस्तरीय टी–२० शनिबारीय लिग आयोजना गरेको हो । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए । आगामी फागुन १४ गते शनिबार दुई खेल खेलाईने छ । प्रतियोगिता ९ हप्ता चल्ने छ । प्रतियोगितालाई व्यवसायिक संस्था वाईन किङले मुख्य प्रायोजन गरेको छ । १४ गते अरण्यज्योतिले कास्की क्रिकेट क्लबसँग र राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।



पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…