
काठमाडौं- शहिद स्मारक ए डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लब सातदोबाटो युथ क्लबसँग पराजित हुदाँ शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबको चुनौतिलाई पन्छाउँदै शीर्षस्थानलाई अझ बलियो बनाएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो । सातदोबाटो युथ क्लबलाई जित दिलाउन आका बुढामगरले १९औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि पुलिस नतमष्तक बन्यो । सातदोबाटोको ए डिभिजनमा डेब्यु सिजन हो । डेब्यु सिजन मै बलियो टोली मध्येको पुलिसमाथि अर्को सफलता निकाल्यो । सातदोबाटोले थ्री स्टार र मनाङ मस्र्याङ्दी पराजित गर्दै जारी लिगमा आफनो क्षमता प्रस्तुत गरिसकेको छ ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फाउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । १० खेलमा १० अंक जोडेको पुलिस १० औं स्थानमा छ ।
लिग अन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २–० को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्ती मगर र सुनिल बलले एक÷एक गोल गरे । मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो ।
तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाएका हुन । रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन । त्यसका आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । तर दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो ।
सुनिलको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि थप उपचारका लागि मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ । अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको भन्दै विज्ञप्ती पनि जारी गरेको छ ।
जित पछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ । समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ ।
लिगमा आइतबार दुई खेल हुनेछन् । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् । दिनको पहिलो खेल न्युरोड टिम ९एनआरटी० र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपिएफ र संकटा क्लब बीच प्रतिस्पर्धा हुनेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…