
पोखरा-तेस्रो माछापुच्छ्रे गाउपालिका वडा नं ८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ ।
युवा विकास तथा खेलकुद समन्वय समिति माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिन हिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो ।

ल्वाङले पहिलो सेट २७–२५ ले लिएको थियो । तर दोस्रो सेट खोराकोमुखले २६–२४ मा लिदैं बराबरी र प्रतिस्पर्धात्मक बनायो । तेस्रो सेट ल्वाङले २५–२३ मा लिदैं अग्रता बनायो । चौथो सेट भने ल्वाङले गुमाउँदै निर्णायक सेटमा पुग्यो । चौथो सेट ल्वाङ २२–२५ मा गुमाएको थियो । अन्तिम निर्णायक सेटमा ल्वाङले १५–११ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । महिला तर्फको उपाधि पनि ल्वाङघलेलले नै जितेको छ । महिला तर्फ ल्वाङले नयाँपुल साँखुलाई सोझो सेटमा पराजित गरेको थियो ।
विजेता क्लबलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नगदसहित पुरस्कार प्रदान गरेका थिए । विजेता महिला तथा पुरुष टोलीले नगद ४० हजार प्राप्त गरे । उपविजेता टोलीले ३० हजार र तेस्रो हुने टोलीले नगद १० हजार प्राप्त गरेको थियो । फाईनलको अवसरमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्थानीय विभिन्न ८ वटा क्लबलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरे । ल्वाङ घलेल पोखरादेखि झण्डै २१ किलोमिटर उत्तरमा पर्छ । प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । फाईनलमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली लगायतको उपस्थिति थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…