
पोखरा-कास्की जिल्ला भलिबल संघले दुई सामुदायिक विद्यालयका छात्र तथा छात्रालाई भलिबल छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । संघले आगामी चैत ४ गतेदेखि आयोजना गर्ने चौथो सृजना कप सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरी दुईजनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।
छात्रवृत्ति स्वरुप एक वर्षको अध्ययन खर्च संघले व्यहोर्ने छ । संघले ९ कक्षादेखि १२ कक्षासम्म अध्ययन गर्ने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । ‘भलिबलमा उत्कृष्ट विद्यार्थी छनोट गरी एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका छौं ।’कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले आईतबार आयोजित पत्रकार सम्मेलनमा भने–‘१२ कक्षा पढ्दै गरेको विद्यार्थीको हकमा भने एकवर्षको सम्पूर्ण खर्चवापतको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिने छ ।’
भलिबल संघले निर्णयले सामुदायिक विद्यालयमा भलिबल प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । भलिबल प्रतियोगितासँगै छात्रवृत्ति दिने निर्णयले भलिबलप्रतिको आकर्षण अझ बढाउने विश्वास संघले लिएको छ । भलिबल संघले सृजना विकास केन्द्रको मुख्य प्रायोजनमा सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण आगामी चैतदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा हुने छ ।
राष्ट्रिय खेल भलिबलको विद्यालयबाटै जग निर्माण गर्ने ध्येयसहित प्रतियोगितालाई निरन्तरता दिइएको छ । निरन्तरतासँगै संघले मुख्य प्रायोजकसँगको सहकार्यमा छात्रवृत्ति घोषणाले नयाँ आयाम थपिएको विश्वास लिएको छ । प्रतियोगितामा कास्कीका ५० सामुदायिक विद्यालयले सहभागिता जनाउने संघले उल्लेख गरेको छ । प्रतियोगितामा विजेता छात्र तथा छात्रा टोलीले नगद एक÷एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेता टोलीले नगद ५०÷५० हजार रुपैयाँ पाउँदा तृतीय हुने विद्यालयले भने ३०÷३० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । उत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई नगद ५÷५ हजार रुपैयाँ प्रदा नगरिने छ । उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, सेटर र सर्भरलाई एक एक थान भलिबल प्रदान गरिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…